काठमाडौं- बलात्कार प्रयासको अभियोगमा पुपक्र्षका लागि डिल्लीबजार कारागारमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई नेकपाका स्थायी समिति सदस्य एंव प्रमुख सचेतक देव गुरुङ्गले भेट गरेका छन् ।
बिहिबार बिहान गुरुङ्गले महरासँग कानूनी परामर्श भन्दै ४५ मिनेटजति कुराकानी गरेका हुन् ।
यसअघि परिवारका सदस्य बाहेक अन्य कसैसँग पनि महराले भेटघाट गर्न चाहेका थिएनन् । तर कानूनी परामर्शको लागि भन्दै गुरुङ्गलाई आफैंले बोलाउन लगाएका हुन् ।
के भयो कुराकानी ?
भेटपछि मिडियासँग कुराकानी गर्दै नेकपा नेता गुरुङले महराले आफुसँग कानुनी परामर्शबारे छलफल गरेको बताएका छन् ।
गुरुङले आफुँले जिल्ला अदालतको फैसला चित्त नबुझेको खण्डमा उच्च अदालत जाने र उच्चको पनि चित्त नबुझे सर्वौच्च जाने भन्नेमा छलफल गरेको बताएका छन् ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा पुर्पक्षमा लागि महरा डिल्लीबजार कारागार चलान भएका छन् ।
प्रतिक्रिया