+
Search

ताजा अपडेट +

पपुलर +

यी तीन ठूला नदीमा पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी

4KNationalDaily
२०७६ कार्तिक २२, शुक्रबार ०७:५६ बजे

काठमाडौं- सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ।

पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोसी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ।

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो। यी मध्ये कतिपय नदीमा सानो आकारमा स्टीमरलगायतका यातायात सञ्चालनमा छन्।

यो खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।

सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily