काठमाडौं- टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो ।
एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।
नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । त्यस्तै सन्दीप जोराले १६ रन बनाउँदा भीम शार्कीले १३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो ।
उसका लागि विल्ली गोड्लम्यानले सर्वाधिक ५४ रन बनाउँदा एबडी योङले ४२ रन बनाए ।
बलिङतर्फ नेपालका राशिद खानले तीन विकेट लिए ।
प्रतिक्रिया