काठमाडौं- केही दिन भयो, काठमाडौँको आकाश लगातार धुम्म छ।
दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेन?
तर विज्ञहरु भन्छन्–यो वाह्य प्रभाव होइन। काठमाडौँको वायुमण्डल आफैँमा प्रदूषित छ।
हामीले पलपल सास फेर्ने हावामा धूवाँ र धुलोको मात्रा अत्यधिक छ।
सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा वढीसम्म त्यस्तो धूवाँधुलो रेकर्ड भएको छ।
पूर्वाधार निर्माण, सवारी साधन, इँटाभट्टा, घरभित्रको धूवाँ, फोहोर जलाइँनु, कलकारखाना लगायत काठमाडौँको धूवाँधुलोका मुख्य स्रोत भएको खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।
स्वीट्जरल्याण्डका विशेषज्ञहरुको एउटा समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यु एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदूषित सहरको सूचीमा काठमाडौँ सातौं नम्बरमा परेको छ।
प्रतिक्रिया