+
Search

ताजा अपडेट +

पपुलर +

ला लिगामा रियल मड्रिडको शानदार जित

4KNationalDaily
२०७६ कार्तिक २४, आईतवार ०७:२९ बजे

स्पोन- रियल मड्रिडले एइबरलाई स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा शनिबार ४–० ले पराजित गरेको छ।

बार्सासँगै समान २५ अंक जोडेपनि जितपछि रियल मड्रिड गोल आधारमा अंक तालिकामा दोश्रो स्थानमा रहेको छ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा सर्जियो रामोस र फेदेरिको भाल्भेर्दीले एक गोल गरे।

टोलीलाई पहिलो अग्रता बेन्जिमाले खेलको १७ औं मिनेटमा गोल गर्दै सिलाएका थिए। त्यसपछि टोलीका लागि दोश्रो गोल रामोसले २० औं मिनेटमा गरे।

२९ औं मिनेटमा बेन्जिमाले फेरी टोलीलाई प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै पहिलो हाफको समाप्तीमा ३-० को अग्रता दिलाए।

रियलका लागि चौथो होल भाल्भेर्टीले खेलको ६१ औं मिनेटमा गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily