+
Search

ताजा अपडेट +

पपुलर +

सीमा मिच्नेविरुद्ध ‘कालापानी’ गीत सार्वजनिक [भिडियो]

4KNationalDaily
२०७६ कार्तिक २४, आईतवार १८:२० बजे

काठमाडौं- लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेकोप्रति देशभर विरोध भइरहँदा ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।

प्रभावन जेको शब्द र संगीतमा स्वयं प्रभावन जे, सपना गुरुङ, जीवन बडु, कुमार पौड्याल र विवेक चौलागाईंले स्वर दिएका छन् । गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका हुन् ।

रेकर्डिङ मनोज डंगोलले गरेका छन् भने परिकल्पना राजाराम गौतमको रहेको छ ।

भिडियोको सम्पादन नवीन भट्टले गरेका छन् । डिएआर मुभिजको युट्युबबाट गीत सार्वजनिक गरिएको हो ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily