+
Search

ताजा अपडेट +

पपुलर +

उम्मेदवारी फिर्ता गराउने नेकपाको प्रयास असफल, हेलिकोप्टरबाट जाँदा पनि समय घर्कियो

4KNationalDaily
२०७६ कार्तिक २४, आईतवार १८:३० बजे

बागलुङ- बागलुङ २ ‘ख’का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे प्रयास असफल भएको छ।

चुनावी गठबन्धन गरेका नेकपा र राष्ट्रिय जनमोर्चालाई चुनावी नतिजामा असर पर्ने भएसँगै घर्तीको नाम फिर्ता गराउन नेकपा लागिपरेको थियो।

बागलुङ २ ‘ख’ का उम्मेदवार घर्तीको उम्मेदवार फिर्ता गराउन पार्टीले हेलिकोप्टर समेत प्रयोग गरेको थियो। उम्मेदवारी फिर्ता लिने समय  अपरान्ह १ बजेसम्म मात्र रहेको तर फिर्ता लिनका लागि सम्बन्धित व्यक्ति समयभित्र पुग्न नसकेकाले उम्मेदवारी फिर्ता हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्धारित समयभन्दा केही ढिलो गरी हेलिकोप्टर पुगेकाले उम्मेदवारको फिर्ता हुन नसकेको हो।

नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले घर्तीलाई हेलिकोप्टर चढाएर उम्मेदवारी फिर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय बुर्तीबाङ पुगेका थिए।

हेलिकोप्टर बुर्तिवाङस्थित होटल दरबारको छतमा रहेको हेलिप्याडमा अवतरण भएको थियो। निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने निर्धारण गरेको थियो।

नेकपा निकट घर्ती राष्ट्रिय जनमोर्चाबाट तत्कालीन माओवादी प्रवेश गरेका थिए। २०७४ सालको स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए।

उक्त क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily