+
Search

ताजा अपडेट +

पपुलर +

अत्याधिक चिसो वढ्न थालेसंगै विजयाभवानीको छात्रवास प्रभावित

4KNationalDaily
२०७६ कार्तिक २७, बुधबार १४:५८ बजे

गाेरखा- दक्षिणी गोरखाको गण्डकी गाउँपालिकामा पर्ने सवैभन्दा पूरानो विजया भवानी माध्यमिक विद्यालयमा सञ्चालित छात्रवास मौसम परिवर्तन संगै अत्याधिक चिसो वढ्न थालेपछि प्रभावित भएको छ ।

समुन्द्र सतहबाट करिव १३०० मिटर उचाईमा रहेको यस विद्यालमा २ दसक पहिलदेखि वन्द छात्रवास गत असार २८ गतेदेखि यस वर्ष एस.इ.इ. दिने कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै संचालित थियो ।

छात्रवासमा वस्ने २८ जना विद्यार्थीलाई अनिवार्य रुपमा पठनपाठनका साथै खानपान तथा आवासको व्यवस्था मिलाईएको सो छात्रवासमा जस्ताको छानो भएको छात्रहरु वस्ने कोठामा अत्याधिक शीतपर्ने, वातावरण चिसो भएको तथा सिमेन्टको चिसोमा म्याट तथा तन्नाको भरमा सुत्नुपर्दा चिसोको कारणले ट्रनसिल, टाउको दुख्ने, वाकवाक लाग्ने आदि समस्या परेको विद्यालयको प्रधानाध्यापक ठाकुर गुरुङले जनाए ।

‘विद्यार्थी धमाधम बिरामी पर्न थाले, चिसो बढ्दै गयो, ओड्ने तथा ओछ्याउने पातलो भयो सो कारण छात्रवास ३ दिनको लागि वन्द गरेका हौ’ प्रधानाध्यापक गुरुङको धारणा रहेको छ ।

कक्षा १० का २८ जना विद्यार्थी तथा ६ जना शिक्षक कर्मचारी गरी कुल ३४ जना रहेको सो छात्रबासमा १ दर्जन भन्दा वढी विद्यार्थी विरामी परेकोले ३ दिनको लागि छात्रवास वन्द गरिएको र सो छात्रवासमा न्यानो कपडाको अभावले विरामी परेकोले इच्छुक दाताहरुलाई न्यानो कपडा सहित आवश्यक खाद्यान्न सहितको सहयोगको अपिल गरिएको छात्रवास वार्डेन संगम तिवारीले वताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily