+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकाबाट मेराे देश नामक म्युजिक भिडियाे सार्वजनिक

4KNationalDaily
२०७६ कार्तिक २७, बुधबार १७:०१ बजे

काठमाडाैं-  हाल क्यालिफाेर्निया स्थित सान फ्रान्सिस्काेमा रहदै आएका १२ वर्षिय बाल गायक ओस्कार शर्माले ‘मेराे देश’ नामक म्युजिक भिडियाे मार्फत वजारमा प्रवेश गरेका छन् ।

म्युजिक भिडियाेमा वालगायक ओस्कारले प्रवासमा रहदा आफ्नाे जन्म देश नेपालकाे स्मरण गर्दै नेपालमा हुने चाडबाड, साथी संगी तथा खाेलानाला, पाखा पखेरू हरूले अाफ्नाे मन तानिरहेकाे र प्रबासमा रहदा पनि नेपाली पन बाट अलग हुन नसकिने खालकाे भावना प्रकट गरेकाे देख्न सकिन्छ ।

वाल्यकाल देखिनै संगितमा रूचि राख्ने ओस्कारले प्रवासमा रहेर पनि नेपाली गीत संगीत लाइ विर्सेका छैनन् । आलाेक शर्मा काे संगीत र शकुन्तला पाैडेलकाे शब्दमा रहेकाे उक्त म्युजिक भिडियाे जिनियस डिजिटलले बजार ब्यवस्थापन गरेकाे छ ।

भिडियाेमा ओस्कार शर्मा, सफल भटृराइ, बिजय शर्मा, सुरक्षा काेइराला लगायतकाे अभिनय सहेकाे छ ।

अमेरिका स्थित सान फ्रान्सिस्काे सहरमा तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएकाे यस म्युजिक भिडियाे काे छायांकन तथा निर्देशन आलाेक शर्माले नै गरेका छन्।

नेपालका अत्यन्तै आकर्षक स्थान हरूलाइ समेटि यस म्युजिक भिडियाे तयार पारिएकाे यस भिडियाे का संगीतकार तथा निर्देशक आलाेक शर्माले वताएका छन ।

प्रवास मा रहेर पनि नेपाल तथा नेपाली संकृतिकाे माया मार्न नसकिने भावना ब्यक्त गर्ने ओस्कार अमेरिका भित्र हुने बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिइसकेका तथा थुप्रै सांगीतिक प्रतियाेगीतामा सफलता हासिल गरिसका छन ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily