+
Search

ताजा अपडेट +

पपुलर +

अनुदानको रकम दुरुपयोग रोक्न किसानको घरमै पुग्दै गण्डकी सरकार

4KNationalDaily
२०७६ कार्तिक २७, बुधबार १९:०१ बजे

गाेरखा- गण्डकी प्रदेशले कृषिमा दिने अनुदानको दुरुपयोग हुन नदिन किसानकै घरमा पुगेर अनुगमन सुरु गरेको छ ।

कृषि क्षेत्रमा प्रदेश सरकारले दिने अनुदानको रकम दुरुपयोग हुने क्रम बढेपछि सरकारले त्यसलाई व्यवस्थित बनाउन अनुगमन सुरु गरेको दावी गरेको हो ।

कृषिजन्य वस्तु उत्पादनका लागि प्रदेश सरकारले ५० प्रतिशत र कृषिजन्य वस्तु संकलन, भण्डारण लगायतका संरचना निर्माणका लागि ७० प्रतिशतसम्म अनुदान दिने गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए ।

उनले स्याउमा पनि आत्मनिर्भर बन्न प्रदेश सरकारले ५० हजार विरुमा विभिन्न जिल्लाका लागि खरिद गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily