काठमाडौं- नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो होटल मेरियटमा राष्ट्रपति हमिदसँग भेट गरेका हुन् ।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादवलगायत सहभागी थिए ।
यसअघि मङ्गलबार उनीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गरेका थिए भने आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन् ।
प्रतिक्रिया