काठमाडौं- सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ।
उनीहरूले मासिक ६ हजार रुपैयाँ मात्र पाउँदै आएकामा हालै सार्वजनिक राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ।
यो खबर आजको कान्तिपुरमा गणेश राईले लखेका छन्। श्रम ऐनमा न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० तोकिएको छ।शिक्षा नीतिले प्रारम्भिक बालकक्षा पढाउने शिक्षकको योग्यता एसईई पास तोकेको छ।
प्रतिक्रिया