काठमाडाैँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूमिका विषयमा कुनै पनि देशको जनताको चित्त दुखाएर मित्रता कायम नहुने बताएका छन्।
‘मित्रता र अधिकार सँगसँगै जान्छन् । नेपाली जनताको चित्त दुखाएर मित्रता कायम पनि हुँदैन । यो हाम्रा मित्रहरुले बुझ्न जरुरी छ,’ साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित ‘श्रम–साधना’ महाकाव्यको तानसेनमा शनिबार विमोचन गर्दै मन्त्री ज्ञवालीले भने।
भारतले हालै जारी गरेको नक्साप्रति इङ्गित गर्दै मन्त्री ज्ञवालीले तथ्य र प्रमाणको आधारमा नेपाली भूमि फिर्ता हुने बताए। यो सरकारसँग नेपाली जनता ढुक्क हुन र विश्वस्त हुन उनले आग्रह गरे।
उनले सरकारले नक्साको विषयमा कुटनीतिक पहल सुरु गरिसकेको समेत बताए । उनले तथ्य प्रमाणको आधारमा मित्रराष्ट्रसँग कुरा गर्ने बताए ।
विगतमा जनताले तिरेका तिरो, जनगणनाका साथै निर्वाचनमा भाग लिएका आधारमा मात्र मित्र राष्ट्रसँग कुरा गर्ने मन्त्री ज्ञवालीले बताए।
प्रतिक्रिया