काठमाडौं- मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा जोखिन नहुने बताएका छन्।
क्रियाटिनिन ६.३ देखिएकाले अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था नदेखिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
डाक्टर काफ्ले भन्छन्ः प्रधानमन्त्रीको उमेर (६८ वर्ष) अनुसार उहाँको मिर्गौलाले १० प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ । बिरामीलाई राम्रो चाहने हो भने नियमित डायलाइसिसमा बस्नुपर्छ। अथवा प्रत्यारोपण गरिहाल्नुपर्छ।
औषधि मात्रै खाएर बस्दा पनि स्वास्थ्य राम्रो हुँदैन । अन्यथा प्रत्यारोपण पनि सफल हुँदैन । डायलाइसिसमा ढिला गरे जोखिम बढ्दै जान्छ, संक्रमण हुन्छ र कमजोर गराउँछ । मुटु, फोक्सो, कलेजो ठीक भएन भने प्रत्यारोपण सफल नहुन सक्छ।
डायलाइसिस धेरै झमेला काम हो, त्यसैले प्रत्यारोपण पनि छिटो गर्नुपर्छ । नेपालमा नातेदारबाहेकका व्यक्तिले मिर्गौला दिन पाउँदैनन् । भारतमा पनि कानुनी रूपमा नातेदारले मात्रै दिन पाउने व्यवस्था छ।
श्रीलंका, सिंगापुर, अमेरिकामा जोकोही व्यक्तिले पनि अंग दिन पाउँछ । दोस्रोपटक प्रत्यारोपण गर्दैमा जोखिम धेरै हुन्छ भन्ने हुँदैन । अहिले प्रधानमन्त्रीलाई प्राप्त समय चुकाउनुहुँदैन, जति सक्दो चाँडो प्रत्यारोपण गर्नुपर्छ ।
प्रतिक्रिया