+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिकाभित्र नगर बससेवा सुरु, ट्याक्सी संचालकमा रुवाबासी

4KNationalDaily
२०७६ मंसिर ६, शुक्रबार ०९:२८ बजे

गोरखा- गोरखा नगरपालिकाभित्र नगर बससेवा सुरु भएकाे छ । नगरबस चल्न थालेपछि गोरखा बजार आसपासमा चल्ने ट्याक्सी संचालकमा रुवाबासी चलेको छ ।

विगत १ वर्ष पहिलेबाट गोरखामा भित्रिएको करिव २ सय ट्याक्सीले विभिन्न बहानामा नगर आसपासका वासिन्दाहरुलाई ट्याक्सीमा बोकेर राम्रै आम्दानी गरिरहेको थिए ।

‘गोरखा नगरपालिकाको आसपास करिव १५० ट्याक्सी ग्ड्ने ठाउँमा अव लोकल गाडी गुड्न थालेपछि हाम्रो व्यापार धरापमा प¥यो, हाम्रो ट्याक्सीको किस्ता कसरी तिर्न हो, एकपल्ट हामीलाई पनि सल्लाह गरेको भए वेस हुने थियो’ एक ट्याकसी संचालकले दुखेसो पोखे ।

कालिका यातायात प्राली दर्ता गरी १ वर्ष पहिलेबाट संचालन गरेको सो व्यवसायीले नगरपालिका भित्र निश्चित शुल्क लिएर सेवा दिईरहेका थिए ।

गोरखा गरपालिकाको संयोजनमा पृथ्वी राजमार्ग वस संचालक प्रालीले विहिबारबवाट नगरको १० ओटा रुटमा बस संलानमा ल्याएको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।

नगरपालिकाको नारेश्वर, ताप्ले, छापथोक, भिमसेनपार्क, फिनाम, कट्टेडाँडा, गोरखा क्याम्पस, मान्द्रेढुङ्गा, छेवेटार,देउराली लगायत सार्वजनिक यातायातको सेवा कम भएको ठाउँमा नगरबस संचालन गरिएको पृथ्वी यातायात बस संचालक प्रालीका कार्यालय प्रमुख राजन ढुङ्गानाले जनाए ।

यात्रुले गोरखा बजार क्षेत्रमा तीन किलोमिटर भित्र सवारी चढेपछि १५ रुपैयाँले तिरे पुग्छ । नगरपालिका सँग भएको सम्झौतामा नेपाल सरकारले कायम गरे भन्दा धेरै भाडा लिन नपाउने उल्लेख छ ।

समितिले गोरखा बाट–फिनाम सम्म ३५ रुपैयाँ, कोखे आहाले ५०, डेरागाउँ ४०, झिंगटे ७०, नारेश्वर ४०, देउराली ५५, आँपचौर ६०, पढेँनी चौतारा ६५, होलसिंङ ७० छेवेटार ६० र देउराली १३० कायम गरेको छ ।

अहिले सवारी चलिरहेको रुट पर्ने ठाउँमा लिइँदै आएको भन्दा पाँच देखि १० रुपैयाँ सम्म कम गरिएको पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रालिका क्षेत्रीय सदस्य बिपिनचन्द्र ढकालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily