+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुलको इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड

4KNationalDaily
२०७६ मंसिर १५, आईतवार ०८:१८ बजे

काठमाडौं- भर्जिल भान डाइकले दुई गोल गरेसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड जमाएको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले ब्राइटन एन्ड होभ अल्बियोनलाई २–१ गेलले हरायो ।

जितसँगै साविक उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीमाथि ११ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले १४ खेलबाट ४० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ ।

एक खेल कम खेलेको लेस्टर सिटी २९ अंक सहित तेस्रो स्थानमा छ । लिभरपुलसँग हार खेपेको ब्राइटन १५ अंक सहित १५औं स्थानमा छ ।

लिभरपुलले १८औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटममा अर्नाेल्डकै पासमा भान डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा रक्षात्मक रणनिति अपनाएको लिभरपुलविरुद्ध ब्राइटनले ७९औं मिनेटमा एक गोल फर्काएको थियो । ब्राइटनका कप्तान लेविस डंकले गोल गरे ।

यसअघि ७६औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । एडम वेवस्टेरको प्रहारलाई डिबबक्स बाहिर ह्यान्ड गरेपछि गोलरक्षक एलिसन बेकर रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

अन्तिममा दबाब झेलेको लिभरपुलले जित निकाल्न भने सफल भयो ।

शनिबार रातिनै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

अर्को खेलमा चेल्सी घरमै वेस्टहाम युनाइटेडसँग १–० गोलले पराजित भयो ।

टोट्टनहामले बर्नमाउथलाई ३–२ गोलले स्तब्ध बनायो । अर्को खेलमा क्रिस्टल प्यलेसले बर्नलीलाई २–० गोलले पराजित गर्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily