+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल-बंगलादेशविरूद्ध १-० ले विजयी, फाइनल प्रवेश

4KNationalDaily
२०७६ मंसिर २३, सोमबार ०७:४४ बजे

काठमाडाैं- १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलतर्फ नेपाल विजयी भएको छ ।

आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको हो ।

लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई एक गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा नेपालका सुनिल बलले ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका थिए । सोही गोल नै खेलको निर्णयक बनेको थियो ।

आजको जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ । फाइनल खेल २४ गते स्वर्ण पदकका लागि हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily