काठमाडाैं- १३औं साग ४०० मिटर फ्रिस्टाइल पौडीमा गौरिका सिंहले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।
४ मिनेट २५.२८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् ।
भारतीय खेलाडी सिभानी शर्माले ४ मिनेट २६.२२ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् भने श्रीलंकाकी रमुदी नुरलाले ४ मिनेट ४१.९१ सेकेन्डमा कास्य पदक हात पारिन् ।
यसअघि गौरिकाले बिहीबार दुई सय मिटर फ्रिस्टायलमा नेपाललाई पहिलोपटक व्यक्तिगत इभेन्टमा स्वर्ण दिलाएकी थिइन् ।
शुक्रबार दुई सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक हात पारिसकेकी छन् । त्यस्तै तेस्राे दिन शनिबार भने ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् ।
प्रतिक्रिया