+
Search

ताजा अपडेट +

पपुलर +

तरुण दलकाे अाग्रह – ‘शीर्ष नेतालाई जोडेर पार्टी कमजोर नबनाऊ’

4KNationalDaily
२०७६ पुष १२, शनिबार १७:०९ बजे

पोखरा– नेपाल तरुण दल पोखरा १३को कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जोडेर कार्यकर्तालाई कमजोर नपार्न आग्रह गरिएको छ ।

पोखरा १३ मा क्रियाशील कार्यकर्ताबीच भेटघाट तथा छलफल कार्यक्रममा गुटउपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिइएको हो ।

सभामा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टी बलियो बनाउने अभियानमा सचेत कार्यकर्ता होमिने बेला आएको बताए ।

तरुण दल कास्कीले निर्वाचनमा आफ्ना उम्मेदवारलाई सुरक्षामा कुनै कमजोर नबनाएको बताए ।

अध्यक्ष गुरुङले इकाइ समितिले नियमित भेटघाट र छलफललाई जारी राख्दै पार्टीमा धोका दिने कसैलाई पनि नछोड्न निर्देशन दिए ।

तरुण दल पोखरा १३ का अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता किशोरदत्त बरालले उत्साह र हौसलालाई उद्देश्यमा परिणत गर्दै तरुण दलले समाज रुपान्तरणमा ध्यान दिने समय आएको बताए ।

पार्टीका जिल्ला सदस्य नवीन सिग्देलले कांग्रेसलाई उत्साह थप्ने भनेकै भातृसंस्था भएकाले पोखरा १३ को तरुण दलबाट सबैले सिक्नु पर्ने बताए ।

उनले पार्टीलाई कमजोर बनाउन अनेक तत्व सक्रिय भएकाले गुटउपगुट छोडेर सिंगो कांग्रेस बन्न क्रियाशील सदस्यलाई आग्रह गरे । पार्टीमा हुने विवादलाई गुटउपगुटको संज्ञा नदिई विचार समूह भन्न सक्नु पर्ने बताए ।

कार्यक्रममा नेता पुलेन्द्रमान श्रेष्ठले कमजोरी मनन् नगर्दासम्म पार्टीको भविष्य सुधार हुन नसक्ने बताए । नेता मुखी नबन्न कार्यकर्तालाई आग्रह गर्दै कम्युनिस्ट चरित्र ग्रहण नगर्न सुझाव दिए ।

तरुण दल पोखरा १३ का सचिव भुवन बरालले सञ्चालन गरेको कार्यक्रममा नेका पोखरा १३ का सभापति विष्णुप्रसाद बरालले क्रियाशील सदस्य दिने बेलामा छनोट प्रक्रिया सुधार गर्नु पर्ने बताए ।

उनले ४ सय क्रियाशील सदस्य रहेको पोखरा १३ मा महाधिवेशन प्रतिनिधिका लागि नेता बन्ने होडले विपक्षी दलका कार्यकर्ताको नाम समेत पार्टीमा समावेश भएकामा चिन्ता व्यक्त गरे ।

उनले विपक्षी दललाई पार्टीको कुरा लगाउने पहिचान भइसकेकाले अव छोड्न नसक्ने बताए । सभापति विष्णुले गुटउपगुट तरुण दललेमात्र फल्न सक्ने बताउँदै कम्युनिस्टले गरेको संस्थागत भ्रष्टाचारलाई खवरदारी गरिनु पर्ने बताए ।

तरुण दल कास्कीले पोखराको हिमा गृहलाई कम्युनिस्टले आम्दानीको भाडो बनाउन खोजेको आरोप लगाउँदै गोकर्ण रिसोर्ट हुनबाट जोगाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा कांग्रेस नेता बेदनाथ बराल, महिला संघ पोखरा १३की सभापति रमा कार्की, तरुण दल जिल्ला उपाध्यक्ष दीपक गुरुङ, स्वास्थ्य कर्मी संघका प्रदेश अध्यक्ष नारायण बराल, नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणी बराल लगायतले पार्टीलाई बलियो बनाउने अभियानमा कसैले कमजोरी गर्न नहुने धारणा राखेका थिए ।

छलफलमा सरकार अधिनायक वादतर्फ लम्केको बताउँदै कम्युनिस्ट कार्यकर्ता बने मुलुक बन्छ भन्ने भावनामा प्रधानमन्त्री ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल लागिपरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily