गोरखा- हिमालय देवी युवा क्लब, घैरुङ, पिपलछाप गोरखाकाे आयोजनामा हिमालय देवी कप २०७६ नकआउट फुटबल प्रतियोगिता पौष २५ गतेदेखि शुरु हुने भएको छ ।
माघे सङ्क्रान्ति मेलाको अवसरमा हुन गईरहेको प्रतियोगिता शहिद लखन गाउँपालिका–६, घैरुङ पिपलछाप, गोर्खा स्थित स्थानीय खेलमैदानमा हुनेछ ।
पुस २५ गते शहिद लखन गाउपालिकाका अध्यक्ष रमेश थापाले मेलाकाे उदघाटन गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएकाे छ । हरेक बर्ष आयोजना हुदै आएको क्रार्यक्रमले विशेष गरि मागेसक्रान्तिको दिन गोरु जुधाइले दर्शककाे मन जितेकाे अायाेजकले जनाएकाे छ ।
गोरु जुधेको हेर्न गोरखा सदरमुकाम देखिको मान्छे आउछन् । ‘यो बर्षलाई पनि गोरुजुधाईलाई निरन्तरता दिदै हामिले मागे सक्रानतिको दिन बिशेष रुपमा लिदै विभिन्न साकृतिक क्रार्यक्रम र गोरुजुधाई राखेका छौ’ क्लबका अध्यक्ष निर्मल गुरुङले भने ।
कार्यक्रम क्षेत्रन का सांसद हरिराज अधिकारी गर्नेछन् । हिमालयदेवी कपमा पहिलो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ ।
दोश्रो हुनेले ५१ हजार १ सय ११ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट किप्पर, सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन पुस २४ गतेसम्म दर्ता गर्नुपर्ने छ भने दर्ता गर्नका लागि ८ हजार रुपैयाँ बुझाउनुपर्ने छ। दौड प्रतियोगितामा प्रथम हुनेले ३ हजार ५ सय पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छ । दोश्रोले २ हजार र तेश्रो हुनेले १ हजार ५ सय नगद पाउनेछ ।
प्रतियोगितामा सहभागी हुन २ सय १५ रुपैयाँ तिरेर पुस २९ गतेसम्म नाम दर्ता गराईसक्नुपर्ने छ । गोरु जुधाई प्रतियोगितामा पहिलो हुनेले ८ हजार पाउने छ भने दोश्रोले ४ हजार पाउने छ । १ हजार रुपैयाँ तिरेर आफ्नो गोरुको दर्ता पुस २९ गतेसम्म गर्नुपर्ने आयोजकले जनाएको छ ।
कृषि प्रदर्शनी तथा पशु पन्छी प्रतियोगिता भने कृषी तथा पसु शाखा सहिद लखनले क्लब सग समयन्वयन गरि कार्यक्रम र पुरस्कार बितरण गर्ने लाएको हो ।
पुरस्कार अन्तर्गत चकटीमा पहिलो हुनेले १ हजार नगद, दोश्रोले ६ सय र तेश्रोले ४ सय पाउनेछ । खुर्पिटेकतर्फ पहिलोले १ हजार ८ सय, दोश्रोले १ हजार २ सय र तेश्रोले १ हजार तथा डोको प्रतियोगितामा पहिलोले १ हजार ८ सय, दोश्रोले १ हजार २ सय र तेश्रोले १ हजार नगद पुरस्कार पाउने छ ।
मेला पुस २५ देखि माघ १ गतेसम्म चल्ने क्लवले जनाएकाे छ । मेला अबधी भर स्थानिय परिकारको स्वादिष्ट खाजा खानाकाे स्वाद लिन सकिन्छ ।
प्रतिक्रिया