गाेरखा- पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाका गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा, अजिरकाेट र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन्।
पाँचवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन्।
आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
प्रतिक्रिया