+
Search

ताजा अपडेट +

पपुलर +

शेरबहादुर देउवाले पार्टी चलाउन जानेनन्, महाधिवेशनले नेतृत्व फेर्छ : शशांक कोइराला

4KNationalDaily
२०७६ पुष २६, शनिबार १७:१६ बजे

भरतपुर- नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।

भतरपुर विमानस्थलमा सञ्चारकर्मीसँग नेता कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने दावी गरेका हुन् ।

‘म चार वर्षसम्म चुप लागेर बसेको थिए । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछकी भनेर तर आएन । अति भएपछि मुख खोल्न बाध्य भए । अबको महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ ।’ उनले भने ।

सुरुमा पार्टी नेतृत्वको विरोध गर्दा पार्टीनै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाई थियो । अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रकृयामा कुनै स्पष्ट खाका आउन सकेको नसकेको बताए ।

सभापति देउवाप्रति कडा रुपमा प्रस्तुत भएका कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नति तर्फ जान्छ भन्ने सोच्नु पर्ने बताए ।सरकारले केही काम गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनता निरासमा छाएको उनकाे अाराेप थियाे ।

भने ‘सभापतिहरुको भेला हामीले नै बोलाएको हो । बरिष्ठ नेता र महामन्त्रीको हैसियतले बोलाएका थियौ ।’ भेलाको सन्देशपछि पार्टीले पुष ११ गते गरेको निर्णय सच्चिने विश्वास ब्यक्त गरे ।

‘टेक्निकल रुपमा पार्टी भित्र हामीले गरेको बहिस्कार गरेपछि सभापति देउवा केही नरम हुनुभएको छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily