+
Search

ताजा अपडेट +

पपुलर +

बक्राङमा रहेको एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी

4KNationalDaily
२०७६ पुष २६, शनिबार १७:३० बजे

गोरखा- जिल्लाकाे शहिद लखन गाउँपालिका–१ बक्राङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् ।

शुक्रबार राती एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए ।

टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको एसपी अधिकारीले बताए । एसपी अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ।

घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संलग्न रहेको अनुमान गरेपनि पुष्टि हुनसकेको छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily