+
Search

ताजा अपडेट +

पपुलर +

पृथ्वीनारायण शाहप्रति नकारात्मक टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको आग्रह

4KNationalDaily
२०७५ पुष २६, बिहीबार १८:०८ बजे

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भन्दै उनीप्रति नकारात्मक टीकटिप्पणी नगर्न आग्रह गरेका छन्। बिहीबार २९७ औ पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको दावी गरे। उनले शाहको योगदानलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने पनि स्पष्ट पारे।

‘बाइसे,चौवीसे टुक्रामा विभाजन भएको नेपाललाई एकिकरण गर्ने काम पृथ्वीनारायणले नै गरेका हुन्’ प्रधानमन्त्रीले भने ‘उनले एकिकरण नगरेको भए नेपाल राज्यका रुपमा उदाउने थिएन ।’ पृथ्वीनारायणले एकिकरण गरेकै कारण नेपाल स्वाधिन देशका रुपमा रहन सकेको उनले बताए । ‘स–साना राज्यहरु एकतावद्ध भएपछि शक्तिशाली नेपाल बन्यो । जसले गर्दा दुनिंया ठुला साम्राज्यवादी शक्तिसंग नेपालले झुक्नु परेन । कसैको उपनिवेश स्विकार्नु परेन’ उनले भने ।

प्रधानमन्त्री ओलीले पृथ्वीनरायणको योगदानलाई केही केही मानिसहरुले राजतन्त्रको कल्पना गर्नु दिवास्वपना मात्र भएको बताए । ‘पृथ्वीनारायणका सन्तान हौं भन्दै राजतन्त्रको सपना देख्नेहरु बाटो लागे हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘जन्मसिद्ध सर्वश्रेष्ठता अब नेपालीहरु स्विकार्दैनन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको छ ।’

प्रधानमन्त्री ओलीले प्रज्ञा परिषरमा निर्मित महाकवी लक्ष्मी प्रसाद देवकोटा र कविशिरोमणी लेखनाथ पौडेलको सालिक पनि आजै अनावरण गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily