काठमाडौं- प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव हुने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रकृया अघि बढाउन लागिएको हो ।
प्रतिनीधि सभाको बैठक सोमबार आजै अपरान्ह ४ बजेका लागि बोलाइएको छ । आजै बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नेछन् । उक्त बैठकमा सभामुख निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ ।
नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया