काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपाेष्ट र नुवाकाेट तथा गाेरखामा पुनर्निमित आवास घरहरूकाे संयुक्तरूपमा आज उद्घाटन गर्दैछन्।
प्रधानमन्त्रीद्वयले बिहान ११ बजे भिडियाेमार्फत् संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारतले जाँचचौकी निर्माण गरिदिएको हो। उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र भारतबाट नेपालतर्फ ट्रक भित्रने छ।
प्रतिक्रिया