काठमाडौं- आउँदो फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ ।
सौरभ चौधरीको निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
फिल्मको केही दिनअघि ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । जुन गीत अहिले चर्चामा छ । निर्माण युनिटले ट्रेलर पनि हिट हुने अनुमान गरेको छ ।
प्रेस दिवस अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
युवायुवती बीचको माया प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी जानकारी दिए । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई रहेको छ ।
फिल्ममा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । अर्जुन पोखरेलले संगीत रहेको फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन केटाको भूमिका निर्वाह गरेका छन् ।
भिडियाे
प्रतिक्रिया