+
Search

ताजा अपडेट +

पपुलर +

‘सेल्फी किङ्ग’ गीतः विपिनले भने ‘जिन्दगीको के छ र भर’

4KNationalDaily
२०७६ माघ ८, बुधबार ०७:४९ बजे

काठमाडौं- भर्सनटायल अभिनेता विपिन कार्कीको अभिनय रहेको फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘जिन्दगीको के छ र भर’ बोलको गीतमा सुवास भुषालको संगीत रहेको छ । सुरज गैरेको शब्द रहेको गीतमा केतन क्षेत्रीको स्वर छ । गीतको भिडिया फिल्म भित्र रहेको अभिनेता विपिनको अभिनयले भरिएको छ ।

टेलिभिजनका एक चर्चित हास्यकलाकारको तीन दिनको जीवनमा निर्माण भएको फिल्म यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । दिनेश राउत र सुवास थापाको संयुक्त निर्माण रहेको फिल्ममा प्रवल कोइराला र राजेश बिसुराल सहनिर्माताको रुपमा रहेका छन् ।

२४ माघबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले अभिनय गरेकी छन् ।

सुसन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ ।

विपिन र लक्ष्मीको अलवा फिल्ममा अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाह लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily