+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा आचारसंहिता : सर्वप्रथम प्रचण्डतर्फ नै तेर्सिए यस्ता प्रश्न

4KNationalDaily
२०७६ माघ ८, बुधबार ०८:०९ बजे

काठमाडौं- पार्टी नेता, कार्यकर्ता र सदस्यहरूका लागि आचारसंहिता जारी भएपछि ‘नेताहरूले टेकेको धरातल भने कस्तो छ?’ भन्ने बहसले नेकपाभित्र पुनः प्रवेश पाएको छ। यो बहसको सुइरो आचारसंहिता जारी गर्ने नेताहरूतर्फ नै सोझिएको छ।

नेकपा संगठन विभागले तयार पारेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको हस्ताक्षरमा माघ ५ गते जारी भएको आचारसंहितामा आदर्शवादी ११ वटा बुँदा छन् । बुँदा नं ७ ले ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ मात्रै भनेको छैन भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने र त्यस्ता केही सूचना भए सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।

त्यसो हो भने सबभन्दा पहिले प्रश्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालतर्फ नै तेर्सिने नेताहरू बताउँछन्।

दाहाल अहिले बसेको खुमलटारस्थित घर विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको हो। अधिकारी ठेक्का लिने र समयमा काम पुरा नगर्ने ठेकेदारको सूचीमा अग्रपंक्तिमा छन्  के दाहालले अधिकारीले गरेको यो अनियमितताको सूचना सरकारलाई देलान्?

‘दिनुपर्छ,’ नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल भन्छन्, ‘आफैंले जारी गरेको आचारसंहिता पालना गर्ने परिपाटीको सुरुवात पार्टीको माथिल्लो पंक्तिबाट हुनुपर्छ, विवादास्पद व्यक्तिहरूसँगको संगतबाट नेतृत्व जोगिनुपर्छ।’

दाहाल अधिकारीको घरमा सर्नुअघि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानमा रहेका व्यापारी अजेयराज सुमार्गीकी जेठी सासू शशी अर्यालको लाजिम्पाटस्थित घरमा बस्थे।

आजकोकान्तिपुर दैनिकमा बिनु सुवेदीलेख्छिन्उसो त नेकपा एकीकरणका सुरुवाती बैठकहरू नै विवादित मेडिकल सञ्चालक दुर्गा प्रसाईंको घरबाट भएका थिए। नेकपा अध्यक्षद्वयले आफूलाई गर्ने व्यवहार स्वयं प्रसाईंले नै खोलिरहेका छन्।

आचारसंहिताको नवौं बुँदाले नेकपाका प्रत्येक सदस्यले आफ्नो दिनचर्यामा सादा जीवन र उच्च विचारलाई प्राथमिकता दिनुपर्ने भनेको छ । यो बुँदाले पनि प्रश्न नेतृत्वतर्फ नै सोझ्याउँछ।

यो आचारसंहिताको मस्यौदा गर्ने संगठन विभाग प्रमुख वामदेव गौतमले चढ्ने गाडी मात्रै हेर्ने हो भने जवाफ भेटिन्छ। उनको जीवनशैली आचारसंहिताले भनेझैं साधारण छैन। हाल उनी बस्दै आएको घर र चढ्दै आएको एसयूभी गाडीले पनि यो देखाउँछ।

गौतममात्र होइन, उनीलगायत शीर्ष नेताहरूको खानपान, भेटघाट र बसाइ, लगाउने लुगादेखि घडीसम्मका ब्रान्डबारे बेलाबेला नेकपाका नेतारकार्यकर्ता नै बहस गर्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily