+
Search

ताजा अपडेट +

पपुलर +

आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा

4KNationalDaily
२०७६ माघ ९, बिहीबार ०८:५४ बजे

काठमाडौं- साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ पाँचौं क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई ३-० सेटमा हरायो । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको एपीएफले पहिलो र दोस्रो सेट समान २५-२२ ले जित्दै २-० को अग्रता बनाएको थियो ।

तेस्रो सेटमा आर्मीले २२-१७ ले अग्रता लियो । तर एपीएफले उत्कृष्ट पुनरागमन गर्दै लगातार ७ अंक जोडेर २४-२२ को अग्रता बनायो ।

त्यसपछि आर्मीले लगतार दुई अंक ल्याएर २४-२४ को बराबरी अवस्थामा पुर्‍यायो । तर टेक अवस्थीले स्पाईक र ब्लकबाट एक-एक अंक ल्याएपछि एपीएफले ट्राईब्रेकरमा तेस्रो सेट २६-२४ ले जित्दै फाइनल पुग्यो ।

क्लब भलिबल च्याम्पियनसिपमा आर्मी फाइनलअघि सोझो सेटमा पराजित भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily