+
Search

ताजा अपडेट +

पपुलर +

बार्साको हारको फाइदा उठाउँदै रियल शीर्ष स्थानमा

4KNationalDaily
२०७६ माघ १३, सोमबार ०८:२२ बजे

एजेन्सी- रियल भालाडोलिडविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

जीतसँगै बार्सिलोनासँग रियलले ३ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० गोलअन्तरले पराजित भएको थियो ।

खेलको ७८ औँ मिनेटमा मा नाचोले टोनी क्रुसको क्रसमा निर्णायक गोल गरे । उनले ला लिगामा गोल गरेको पछिल्लो दुई वर्षमा पहिलो पटक हो । यसअघि, कासिमेरोले टोनी क्रुसको फ्रिकिकमा गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए ।

खेलको अन्त्यतिर भालाडोलिडको गोलमा पनि सर्जी ग्वार्डिओलालाई अफसाइड करार गरिएको थियो ।पराजयपछि भालाडोलिड लिगको १६ औँ स्थानमा खस्किएको छ ।

२१ खेलपछि रियलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्साको ४३ अंक छ । आइतबार भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिड लेगानेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

बराबरीपछि एथ्लेटिकोलाई गोलअन्तरमा उछिन्दै गेटाफे लिगको चौथो स्थानमा उक्लिएको छ । गेटाफेले रियल बेटिसलाई १–० गोलले हरायो ।

त्यस्तै, रियल सोसिडाडले मायोर्कालाई ३–० ले हराउँदै लिगको छैटौँ स्थानमा उक्लिएको छ । उता, सेल्टाभिगो र इबारले भने गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily