काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘हामी अलिकति विलम्ब भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं,’ संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’
विकास, विज्ञान–प्रविधि, भौतिक पूर्वाधारजस्ता विषयमा विश्व तीव्र गतिमा अगाडि बढेको जिकिर गर्दै यो तीव्र गतिलाई पक्डन नसके हामी पछाडि परिने प्रम ओलीको भनाइ थियो ।
‘विकासको यस गतिलाई समाउन सकेनौँ भने हामीले समयलाई खेर फालेका हुन्छौँ हामीलाई समयलाई पर्खदैन ।’ उनले विकासको दिशामा देशलाई अगाडि बढाउने कामको नेतृत्व अहिलेको सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया