काठमाडाैं- समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा तत्कालीन एमालेकै नयाँ अवतार भएको बताएका छन् ।
बुधबारदेखि सुरु भएकाे नेकपाको दोस्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको अध्ययनपछि अध्यक्ष भट्टराईले कलम प्रचण्डको भएपनि शब्द र अर्थमा तत्कालीन एमालेकै नयाँ अवतार भएको टिप्पणी गरेका छन् ।
सत्ताधारी नेकपाको चालु केन्द्रीय समिति वैठकमा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रतिवेदन पढ्दा वर्तमान नेकपा पुरानै एमालेको नयाँ अवतार भएको बुझ्न गाह्रो हुँदैन!एउटै फरक-(राजनीतिक प्रतिवेदनमा)कलम प्रचण्डको,शब्द र अर्थ एमालेको!अर्को जिज्ञासा:मार्क्स-लेनिनको फोटो फालेसी नेकपा नाम किन? https://t.co/A37Z5O96zP
— Baburam Bhattarai (@brb1954) January 29, 2020
उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘सत्ताधारी नेकपाको चालु केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रतिवेदन पढ्दा वर्तमान नेकपा पुरानै एमालेको नयाँ अवतार भएको बुझ्न गाह्रो हुँदैन ।’
भट्टराईले ब्यानरमा मार्क्स र लेनिनको फोटो हटाएपछि ‘नेकपा नाम किन’ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया