+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म ‘सेन्टी भाइरस’को ट्रेलरमा राजनीति हावी

4KNationalDaily
२०७६ माघ १६, बिहीबार १२:२५ बजे

काठमाडौं– फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर रिलिज भएको छ।

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा बनाउन लागेको रंगशालालाई सघाउने लक्ष्यका साथ निर्माण गरिएको यो फिल्म सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले बनाएका हुन्।

फिल्मको ट्रेलर आकर्षक देखिएन। ट्रेलरमा प्रस्तुत विषयले फिल्म राजनीतिले परिवारमा पारेको असरका सम्बन्धमा केन्द्रित देखिन्छ।

दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राईलगायतको अभिनय रहेको यो फिल्ममा सिताराम र दयाहाङ एकै पार्टीमा संलग्न देखिन्छन्। यी दुवै जनउत्थान पार्टी नेपालको कार्यकर्ताको भूमिकामा छन्।

सितारामका ससुरा अर्को पार्टीबाट चुनावमा होमिएपछि पर्दामा समेत सितारामको श्रीमतीको भूमिकामा रहेकी कुञ्जना आफ्नो बाबुको प्रचारमा खटिएपछि परिवारमा द्वन्द्व सुरु हुन्छ।

त्यही द्वन्द्वले निम्त्याउने समस्या वरिपरी फिल्म घुमेको देखिन्छ। फागुन ९ मा रिलिज हुने भनिएको सो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily