+
Search

ताजा अपडेट +

पपुलर +

नेताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउँ : लेखनाथ न्यौपाने

4KNationalDaily
२०७६ माघ १८, शनिबार १४:२९ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुति सुरु भएको छ।

प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम सुरु भएको हो।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्न सुरु गरेका हुन्।

शुक्रबार समूह २ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले समूहको तर्फबाट प्रतिवेदन पेश गरेका छन्।

समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन माघ १९ गतेसम्मका लागि राष्ट्रिय सभाको हल बुकिङ भएको छ। बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि छ।

सुझावसहितको प्रतिवेदन पेश गर्ने क्रममा समूह १३ का टोली नेता लेखनाथ न्यौपानेले पार्टी नेता, जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन्।

टोली नेताको तर्फबाट छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्ने क्रममा न्यौपानेले यस्तो माग गरेका हुन्।

न्यौपानेले राजकीय पदमा पुगेकाको सम्पत्ति छानबिन र न्यायोचित जिम्मेवारी वितरण गर्नुपर्ने माग गरेका हुन्।

पार्टी भित्रको गलत प्रवृत्तिलाई कम गर्न आयोग गठन हुनुपर्ने उनको भनाइ छ।

‘जनस्तरमा कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर डिड्न गाह्रो भएको मामलामा कांग्रेस र कम्युनिस्ट उस्तै हुन यो विषय गम्भीरतापूर्वक रुपमा सम्पत्ति कमाउने र पार्टीभित्र अभिजात वर्ग बन्न पाइन्छ ?’, न्यौपानेले प्रश्न गर्दै भने, ‘यसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ। पार्टीमा नवधनाढ्य वर्गको उदय हुँदै जानु कम्युनिस्ट आन्दोलनका लागि चुनौती हो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily