काठमाडौं- पछिल्लो समयकी चर्चित गायिका एवम् नेपाली आइडल सिजन २ की थर्ड रनरअप अस्मिता अधिकारी र गायक गंगाधर पराजुलीको युगल स्वरमा रहेको गीत ‘भन मात्रै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
राजकुमार श्रेष्ठको शब्द र संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने भिडियोमा रमेश डागी र उषा लिङ्देनको फिचारिंग गरिएको छ।
सुनिल न्युरेको निर्देशनमा बनेको भिडियोमा अराज केशवको सम्पादन र टंक केसीको क्यामेरा रहेको छ।
गीतकार एवम् संगीतकार राजकुमार श्रेष्ठको शब्द र संगीतमा यस अघि पनि धेरै मिठा मिठा गीतहरु बजारमा आइसकेका छन्।
भिडियाे
प्रतिक्रिया