गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको काम तत्काल अघि बढ्ने बताएका छन्।
नेपालका प्रथम सहिद लखन थापाको १४३ औं स्मृतीसभाको अबसरमा आज गोरखाको बुङकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुअब्जा बितरणमा भएका समस्याको समाधान भईसकेकाले आयोजना निर्माण अघि बढ्ने बताएका हुन् ।
अध्यक्ष दाहालले डुवान क्षेत्रमा पर्ने अन्य ठाउँको मुआब्जा बितरणको काम सम्पन्न भईसकेपनि गोरखा र धादिङ तर्फ पर्ने आरुघाट र आर्खेत क्षेत्रको मुअब्जा बितरणमा प्राबिधिक कारणले ढिलाई भएको बताए ।
‘लगातार छलफल गरेर बाँकी रहेका क्षेत्रको मुआब्जा निर्धारणको काम पनि सम्पन्न गरिसक्यौ, अब बितरणको काम अघि बढीसकेको छ, उनले भने, अब आयोजना निर्माणको काम रोकिदैन ।’
बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय गौरबको आयोजना भएकाले यसले सिंगो राष्ट्रको आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका खेल्नसक्छ, उनले भने,‘ त्यसका लागि आयोजना छिटो निर्माण गर्न सरकारका तर्फबाट र पार्टीका तर्फबाट अहिले पनि निरन्तर छलफल र बहस भईरहेका छन् ।’
उनले आयोजनाबाट बिस्थापित परिवारहरुलाई पुर्नबासका लागि अन्तिम रणनीति पनि बनिरहेको जानकारी दिए ।
‘आयोजना अघि बढाउनु बित्तिकै अर्को पुर्नबासको समस्या छ, आयोजना निर्माण अघि बढेपछि मुआब्जा लिने र यहाँबाट बिस्थापित हुने घरपरिवारहरुलाई पुर्नबास गर्ने प्रक्रियाको पनि अन्तिम रणनीति बन्दैछ, उनले भने, ‘त्यो अब अगाडी बढ्छ ।’
संघियता आएपछि सोचे जस्तो गति दिन सकिएकोे छैन, उनले भने,‘नयाँबाटो हिड्दा केहि अफ्ट्याराहरु आउछन्, त्यसलाई बिस्तारै समाधान गर्दै व्यवस्थित ढंगले सरकार अघि बढीरहेको छ ।’
प्रतिक्रिया