+
Search

ताजा अपडेट +

पपुलर +

ए डिभिजन लिगः मछिन्द्रले रच्यो ईतिहास, जित्याे लिग

4KNationalDaily
२०७६ फाल्गुन ३, शनिबार २०:१२ बजे

काठमाडौं- नेपालको सहिद स्मारक ए डिभिजन लिग फुटबलकोे ईतिहासमा मछिन्द्र क्लबले ईतिहास लेखेको छ ।

आज सम्पन्न लिगको अन्तिम खेलमा नेपाल आर्मि क्लबलाई १–० गोलले हराउदै लिगको उपाधि जितेर ईतिहास बनाएको हो । आर्मिलाई हराउने क्रममा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो ।

खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । सोही गोल मछिन्द्रका लागि बरदान सावित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेल भएको थियो ।

विस २०६० साल देखि एु डिभिजन लिग खेलेको मछिन्द्रले १६ वर्षपछि उपाधि जितेको हो ।

जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो ।

उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । यस्तै लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो ।

१९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछ । जम्मा ४ अंक जोडेको सरस्वती युथ क्लब रेलिगेशनमा पर्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily