+
Search

ताजा अपडेट +

पपुलर +

महराको बहस सकियो, आजै फैसला आउने

4KNationalDaily
२०७६ फाल्गुन ४, आईतवार १६:५८ बजे

काठमाडौं- बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको मुद्दाको बहस शुरु भएको थियो।

महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।

बहस सकिएसँगै न्यायाधीश अमरराज पौडेलको इजालसले फैसला गर्नेछ। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।

त्यसपछि अनुसन्धान गर्दै जाँदा बलात्कार प्रयासको मुद्दा दर्ता गरिएको हो। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily