+
Search

ताजा अपडेट +

पपुलर +

अविश्वास प्रस्तावको बाटो खुलेकै दिन प्रधानमन्त्री ओलीले भने- सरकार ढाल्ने षड्यन्त्र भयो

4KNationalDaily
२०७६ फाल्गुन ५, सोमबार ०७:१३ बजे

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

झापाको दमकमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरेका हुन्।

संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता गर्न बाटो खुलेलगत्तै प्रधानमन्त्री ओलीले सरकार ढाल्न चलखेल भएको बताएका हुन्।

संवैधानिक व्यवस्थाअनुसार सरकार गठन भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन। २०७४ फागुन ३ मा प्रधानमन्त्री भएका ओलीले २ वर्ष सरकार संचालन भएको भर्खरै पूरा भएको हो।

सरकार ढाल्न लागिरहेको बताएका प्रधानमन्त्री ओलीले कसले षड्यन्त्र गरिरहेको भन्ने विषय भने खुलाउन चाहेनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily