+
Search

ताजा अपडेट +

पपुलर +

बिहेपछि सँगै बस्न प्रियंका र आयुष्मानले किने भैंसेपाटीमा नयाँ घर

4KNationalDaily
२०७६ फाल्गुन ९, शुक्रबार ०८:०४ बजे

काठमाडौं- अन्ततः अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको लगनगाँठो कसिने मिति तय भएको छ।

प्रियंकाले इन्स्टाग्राममार्फत यही फागुन १५ गते आयुष्मानसँग लगनगाँठो कस्ने घोषणा गरेकी हुन्।

यसअघि उनीहरूले फागुन १७ मा विवाह गर्ने योजना बनाएका थिए, तर ज्योतिषीले दुई दिनअघिकै साइत शुभ हुने बताएपछि उनीहरूले पूर्वनिर्धारित मितिभन्दा दुई दिनअघि नै विवाह गर्ने निर्णय गरेका हुन्।

यसअघि दुईपटक इन्गेजमेन्ट गरिसकेको यो जोडीले विवाहअघि नै ललितपुरको भैंसेपाटीमा आफ्ना लागि घर किनिसकेको छ र यतिबेला उनीहरू त्यही घर सजाउन थालिसकेका छन्।

विवाहपछि उनीहरू त्यही नयाँ घरमा बस्न बस्नेछन् ।

प्रियंकाले अभिनय गरेको पछिल्लो चलचित्र हो– लक्का जवान। त्यसपछि उनले कुनै पनि चलचित्र साइन गरेकी छैनन्। आगामी चैतदेखि मात्र आफू अभिनयमा फर्किने प्रियंकाले बताएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily