+
Search

ताजा अपडेट +

पपुलर +

महिलाले कस्ता पुरुषलाई मन पराउँछन् ?

4KNationalDaily
२०७६ फाल्गुन १७, शनिबार १३:४४ बजे

एजेन्सी- महिला र पुरुषबीचको सम्बन्ध सुरुवातको समय निकै महत्वपूर्ण हुन्छ । महिलाहरु सामान्यतया पुरुषमा केही न केही कुराहरु त खोज्छन् नै ।

पुररुषको कस्तो स्वभाव भए महिलाहरु खुशी र सन्तुष्ट रहन्छन् त ? महिलाहरु पुरुषको तल उल्लेखित स्वभाव चाहन्छन् ।

स्वभाव

कुनै पनि सम्बन्धको सुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ ।

एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आकर्षित गर्छ ।

लुक्स

हुन त लामो सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक्स र व्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने गर्दछ ।

मुस्कान

राम्रो लुक्स र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उ प्रति महिला निकै आकर्षित हुन्छे ।

ह्युमर

यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।

शारीरिक बनोट

शरीरको बनोट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकांश महिलालाई अत्यधिक अग्ला वा होँचा भन्दा औषत उचाइ भएका पुरुक्ष मन पर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily