गाेरखा- जिल्लाका पाँच मुख्य सडकखण्डका एकसय किलाेमिटर सडकखण्ड कालाेपत्रे हुने भएकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतकाे ग्रामिण सडक सञ्जाल सुधार परियाेजनाले ति सडकखण्डमा कालाेपत्रे गर्ने भएकाे हाे ।
प्रदेश सरकारकाे भौतिक पूर्वाधार विकास मन्त्रालयको समन्वयमा सडकखण्ड भने छनौटको काम भैसकेको छ ।
परियोजना अन्तर्गत चनौटे–मुच्चोक–भच्चेक–खरिबोट-वाेलाङ हुँदै लमजुङको विचौर सडक, आरुघाट– आरुअर्वाङ–पाखुरे–लापू सडक, लक्ष्मीवजार–तीनमाने–बतासे–फूजेल–दलभञ्ज्याङ–रामपुर–वेशीगाऊँ हुँदै सिउरेनीटार सडक कालोपत्रे गरिनेछ ।
यस्तै, बडडाँडा–बूढीचौर–चापाभञ्ज्याङ–फलामखानी–दार्मीचौर–हर्मी नवलपुर–छोप्राक हुँदै गाँखुको नामरुङसम्मको सडक र अँबुवा–विर्दी–शेरावजार–पौवाटार सडक कालोपत्रे गरिनेछ ।
संघीय सरकारको स्थानीय पूर्वाधार विभागले पाँ वटै सडकखण्डको विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउनका लागि प्रक्रिया शुरु गरिसकेको प्रदेश मन्त्रालयले जनाएकाे छ।
ग्रामीण सडक सञ्जाल सुधार परियोजना गण्डकी प्रदेशको पर्वतमा मात्रै सञ्चालनमा रहेकोमा अब भने गोरखा लगायतका जिल्लामा पनि विस्तार गर्न लागिएको हो ।
हाल परियोजनाका लागि एशियाली विकास बैङ्क एडिवीले लगानी गर्दै आएको छ ।
प्रतिक्रिया