काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् ।
क्वात्रा फ्रान्सबाट कतार हुँदै आइतबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका हुन्। उनलाई भारतीय दूतावासका कार्यवाहक राजदूत अजय कुमारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
भारतीय विदेश सेवामा ३२ वर्ष लामो अनुभव सँगालेका क्वात्रा यसअघिका राजदूत राजदूत मन्जिभसिंह पुरीभन्दा बढी अधिकारससहित नेपाल आएका हुन्।
भारतीय दूतावास स्रोतका अनुसार उनी राजनीतिक अधिकारसहित नेपाल आएका हुन्। यसअघिका राजदूत पुरीलाई राजनीतिक अधिकार थिएन।
शालिन कुटनीतिको छवि बनाएका पूर्वराजदूत मन्जिभसिंह पुरीको अवकाशलगत्तै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो।
क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
प्रतिक्रिया