काठमाडौं- कोरोना भाइरसको संक्रमण रोकथाम गर्न केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमणको भयावह एक भूगोलमा मात्र सिमित भएको विषय नरहेको स्पष्ट पार्दै यसबाट जोगिन र संक्रमण देशमा भित्रन नदिन विपद पूर्वको जोखिमा व्यस्थापन समय मै हुन आवश्यक रहेको बताइएको छ ।
अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएकाे थियाे ।
अादेेशमा भनिएकाे छ ‘कोरोना भाइरस (कोभिड १९) को गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भीरताको सुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनुका साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कालै आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउने ।’
पूर्णपाठ
प्रतिक्रिया