काठमाडौं- आरसीटी र श्रीभगवतीले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा आरसीटी र श्रीभगवतीले गोल रहित बराबरी खेले ।
लिगमा तीन खेल सकेको आरसीटीको यो दोस्रो बराबरी हो । आरसीटीले दुई अंक बनाएको छ ।
श्रीभगवतीले चार अंक बबनाएको छ । तेस्रो खेलमा बराबरीमा रोकिएको श्रीभगवतीले यसअघि एक जित र एक हारको नतिजा निकालेको थियो ।
चैत २३ गतेसम्म सञ्चालन हुने लिगमा १२ क्लबले भाग लिएका छन् । लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।
लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ । अन्तिममा रहने टोली ‘बी’ डिभिजनमा झर्नेछ ।
प्रतिक्रिया