गोरखा- उत्तरी गाेरखाकाे सिर्दिवासमा जन्मिएकी जोनिशा गुरुङ हाल काठमाडाैंमा बसेर आफ्नो पढाइ संगै कलाकारितालाई अगाडि बढाउने सोचमा लागि परेकि छिन् ।
गुरुङले केहि अगि साथीकाे माध्यममार्फत मिस गुरुङ नामक खुल्ला सौदंर्य प्रतियोगिता हुदै गरेको थाहा पाइन् ।
साथीले पनि उनलाई उक्त कार्यक्रममा सहभागी हुन् अनुरोध गरिन । जोनिशालाइ पनि आफ्नो रोजाइको क्षेत्र परेकाले सहभागी हुने कौतुहलता जाग्यो र सहभागी निर्णयमा पुगिन् ।
तर सहज र सजिलो अबश्य पक्कै थिएन । किनकि जोनिशाले यस अघि कुनैपनि सौन्दर्य कार्यक्रममा सहभागी बहेको थिइनन् ।
साेन्दय सम्बन्धी खासै ज्ञान पनि थिएन तथापि जित्ने मान्छेहरु चुनौतिदेखी भाग्दैन् भने जसरी उनले आफ्नो पढाइ संगै कार्यक्रममा सहभागी हुने निधो गरिन । तर, उनले यस बिषयमा आफ्नो परिवारमा भने कुनै जानकारी गराईनन ।
यतिकैमा भाबुक हुदै उनि थप्छिन ‘सौन्दर्य प्रतियोगिताको तालिम लगायत पुर्व तयारीमा लाग्ने खर्च आफुले एक-एक रुपैया जोगाएर राखेको खुत्रुके फुटाएर जम्मा भएको पैसाको सदुपयोग गरे ।’
आफ्नो पहिलो अनुभवलाई जसरी पनि सफल हुनेमा पूर्ण बिश्वास सहित निक्कै मिहनेताका साथ आफुलाई उतारेकी गुरूङ्गले अन्तत फ़ाइनलमा आफुलाई मिस गुरुङ सेकेण्ड रनर अप भइन् ।
कैयौ सहभागीलाई पछि पार्दै आफुलाई बिजेता टप ३ भित्र पुर्याउन सफल भइन ।
पहिलो पटक यति ठुलो कार्यक्रममा नसोचेको सफलता हात पारेकी जोनिशा अहिले आफुलाई साहस र हिम्मत बढेको बताउँछिन् ।
उनले पढाइको अलवा नृत्य र अभिनय क्लास पनि सिक्दैछिन् । फोटो सुट र केहि नयाँ म्युजिक भिडीयो पनि गर्ने सोचका साथ आबश्यक तयारी गर्दै गरेको उनी बताउछिन् ।
ब्याचलर दोश्रो बर्षमा अध्ययन गर्दै गरेकी जोनिशा अहिले निक्कै राम्रो नृत्य गर्न सक्नेभएकी छिन् र मेला महोत्सवमा उनको माग हुन थालेको छ ।
अहिले आफु पढाइ र आफ्नो सपना सफल नायिका बन्ने र कसरि पार्न सकिन्छ भन्ने बारेमा मात्र चिन्तन गरिरहेको बताइनन ।
यति सुन्दरी युवतीलाई प्रेम प्रस्ताव कतिको आउछ भन्ने प्रश्नमा लज्जित मुद्रामा भन्छिन ‘आफु सिंगल नै छु तर प्रस्ताव त आइन रहन्छ र म अहिले नै प्रेम गर्ने उमेर हो जस्तो लाग्दैन मलाइ।’
अहिले आफु आफ्नो करियर बनाउने र भबिष्यमा एक सफल नायिका बनेर हाम्रो गाउ घर जस्तो बिकटमा रहेका समाजका समुदायलाई सामाजिक कार्यमा आफुलाई समर्पित गर्ने रहर ठुलो रहर रहेकाे उनी सुनाउछिन् ।
प्रतिक्रिया