+
Search

ताजा अपडेट +

पपुलर +

साैरपानी जिप दुर्घटना : घाइते लिएर काठमाडाैं उड्याे माउन्टेन एयरको हेलिकोप्टर

4KNationalDaily
२०७६ फाल्गुन २७, मंगलवार ११:४० बजे

गाेरखा- बारपाक-सुलिकाेट गाउपालिका-४,साैरपानी जिप दुर्घटनामा घाइते लिएर माउन्टेन एयरको हेलिकोप्टर गाेरखाबाट काठमाडाैं उडेकाे छ ।

सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएका घाइते लिएर हेलिकप्टर काठमाडाैं उडेकाे हाे ।

जीप सडकबाट झण्डै ५० मिटर पछाडी खसेको घाइते भएकाहरु मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेहरुको टाउकोमा चोट लागेको छ ।

सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।

यीमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । गोरखाका ट्राफिक प्रहरी इञ्चार्ज सुकबहादुर विकका अनुसार थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको थियाे ।

काठमाडाैबाट हेलिकप्टर गएपछि अन्य घाइतेकाे स्थानिय स्वास्थ्य चाैकि तथा जिल्ला अस्पताल गाेरखामा थप उपचार भइरहेकाे गाउपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily