+
Search

ताजा अपडेट +

पपुलर +

पति विदेशबाट घर आए, पत्नी भने भएभरको रुपैयाँ लिएर परपुरुषसँग बेपत्ता

4KNationalDaily
२०७६ चैत्र १, शनिबार ११:४८ बजे

काठमाडौं- सानुमाया (नाम परिवर्तन) मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन्।

उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए। दुई सन्तानकी आमा सानुमायाले विद्यालयमा काम गर्दै घरपरिवारको पालनपोषण गर्दै आएकी थिइन्।

जब विदेशबाट रामबहादुर नेपाल फर्कने खबर आयो तब सानुमाया हराइन्। रामबहादुर नेपाल आउने दिन नै सानुमाया विद्यालयकै शिक्षक सन्देश (नाम परिवर्तन) सँग विवाह गरी गएको थाहा भयो।

सन्देशका पनि दुई सन्तान छन्। सानुमायाले पूर्वपति रामबहादुरले विदेशमा कमाएर पठाएको पैसा पनि लगेको मकवानपुर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। यो विवाद अहिले अदालतमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेश श्रेष्ठले बताए।

हेटौंडा उपमहानगरपालिकाका कमलेश (नाम परिवर्तन) परिवारको उज्ज्वल भविष्यका लागि मलेसिया दुःख गरिरहेका थिए।

उनले कमाएको करिब १०–१५ लाख रुपैयाँ पत्नी रमिला (नाम परिवर्तन) को बैंक खातामा पठाए। कमलेश मलेसियामा हुँदै तीन छोराकी आमा रमिला अचानक गायब भएकाे खबर आजको नागरिक दैनिकमा मकवानपुरबाट अशोक सुजन श्रेष्ठले लेखेका छन्।

कमलेश आकस्मिक मिलाएर आए तर पत्नीले सबै पैसा कुम्ल्याएर पुरपुरुषसँग दोस्रो विवाह गरेको थाहा पाए। त्यसमाथि जग्गा पनि रमिलाकै नाममा थियो।

कमलेशले पैसा र जग्गासहित पत्नी हराएको भन्दै मकवानपुर प्रहरीमा निवेदन दिए। प्रहरीले रमिलालाई खोजी गरी छलफलमा राख्यो। कमलेशलाई जग्गा फिर्ता दिने सहमति गरे पनि पैसा भने दिन नसक्ने बताएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

यी त प्रतिनिधि घटना मात्रै हुन्। वैदेशीक रोजगारीमा गएका पतिहरू पत्नीबाट पीडित भएका यस्ता घटना थुप्रै छन्।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिदेसिएका पतिको पैसा लिएर छोराछोरीलाई बिचल्ली बनाएर परपुरुषसँग विवाह गरी जाने महिलाविरुद्ध प्रहरीमा उजुरीको संख्या बढेको छ।

चालू आव २०७६\७७ को फागुन २१ सम्म पत्नी हराएको भन्दै २० उजुरी परेको प्रहरीको भनाइ छ। नेपालको ऐनकानुनअनुसार बहुविवाह वा दोस्रो विवाह गर्नु गैरकानुनी मानिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily