+
Search

ताजा अपडेट +

पपुलर +

लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ सार्वजनिक [भिडियो]

4KNationalDaily
२०७६ चैत्र १, शनिबार १४:०५ बजे

काठमाडौं– फिल्म ‘लप्पन छप्पन २’ मा समावेश गीत ‘झुसे बारुलो’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा मिस्टर आरजेको शब्द र संगीत रहेको छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । साथै गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

भिडियोमा सौगात मल्ल, अनुपविक्रम शाही लगायतलाई देख्न सकिन्छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो फिल्ममा शिव श्रेष्ठ, मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, विशाल पहारी, आना ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सस्पेन्स एक्सन भनिएको यो फिल्ममा हिमाल केसी र मुकुन्द भट्टको द्वन्द्व निर्देशन छ ।

फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने स्किृप्ट मुकुन्द भट्ट, सुनील निउरे र अमित शर्माले तयार पारेका हुन् । यसअघि फिल्म ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । उक्त फिल्म व्यावसायिक रुपमा असफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily